यस्तो छ पोखरा महानगरका लागि एमालेको प्रतिबद्धता पत्र (पूर्णपाठ)

यस्तो छ पोखरा महानगरका लागि एमालेको प्रतिबद्धता पत्र (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले पोखरा महानगरपालिकाले स्थानीय तह निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेबाट पोखरा महानगरको मेयरमा कृष्ण थापा र उपमेयरमा मेञ्जुदेवी गुरुङ उम्मेदवार रहेका छन् ।

प्रतिबद्धता पत्रमा एमालेले महानगरका सबै वडा एवं बस्तीका नागरिकलाई सहज, सरल, सुविधाजनक र पारदर्शी ढङ्गबाट सेवाप्रवाह गरी सुशासनको आधारलाई प्रत्याभूत गरेर जनमुखी लोकतन्त्रलाई सुदृढ गर्दै भ्रष्टाचारमुक्त प्रशासन सञ्चालन गर्ने बताएको छ ।

त्यस्तै समाजमा व्याप्त सबै प्रकारका विभेद, शोषण र उत्पीडनको अन्त्य गरी नागरिकलाई क्षमताअनुसारको रोजगारी उपलब्ध गराउँदै समृद्ध, समुन्नत र समाजवाद उन्मुख कार्यक्रम मार्फत ‘एक घर एक सीप रोजगारीको आधार : समृद्ध पोखरा समाजवादको पूर्वाधार’ अवधारणालाई कार्यान्वयन गर्ने पनि प्रतिबद्धता जनएको छ ।