सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, शैक्षिक योग्यता ढाँटेको आरोप

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, शैक्षिक योग्यता ढाँटेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको हो । उनीविरुद्ध दायर भएको उजूरीमा स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाण्डु महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।

वैशाख १६ गते दर्ता भएको उजुरीमा उनको  नियुक्तिको सम्पूर्ण फाइल झिकाई कानुनअनुसार सजाय दिन माग गरिएको छ ।