नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा इन्टरनेट सेवा प्रदान गर्ने तयारी

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा इन्टरनेट सेवा प्रदान गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपाल वायुसेवा निगमले जहाजमा वाइफाइ राख्ने तयारी गरेको छ । निगमले जहाजमा उच्च गुणस्तरको इन्टरनेट राख्ने तयारी गरिरहेको छ । त्यसका लागि निगमले इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत गठन गरिसकेको जानकारी दिएको छ ।

वायु सेवा निगमसंग अहिले २ वटा दुई वाइडबडी छन् । यसले अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सजिलो हुने निगमले अपेक्षा गरेको छ । साथै यात्रुलाई थप सुविधा समेत प्राप्त हुनेछ ।

जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुनेसबाट ग्राहक सन्तुष्टिदर थप बढ्ने निगमले विश्वास लिएको छ । इन्टरनेट जडान भएसंगै निगमको आम्दानीमा पनि सकरात्मक असर पर्ने दावी गरिएको छ ।