बढे दैनिक कोरोना संक्रमित

बढे दैनिक कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ९४ नमुना परीक्षणका क्रममा ३२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप २३ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।