ललितपुर – नेपाली काग्रेस तरुण दलका पुर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका छन् ।
दशक लामो समयदेखि खेलकुदमा आबद्ध ललितपुर महानगरपालिका–१८ निवासी खड्कालाई एमाले अध्यक्ष ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।
राष्ट्रिय खेलकुल परिषद्का पुर्व सदस्य रहेका खड्का ताइक्वान्डोको मार्शल आर्ट छन् । नेपाल मार्शल आर्ट्स महसंघका पुर्वअध्यक्ष, भैसेपाटीको ओम ताइक्वान्दो डोजाङका संस्थापक अध्यक्ष रहेका उनी ६ डान हुन् ।
ललितपुरको राजनीतिमा ख्याति कमाएका नेता पार्टीको महाअधिवेबन प्रतिनिधि, ०५८ देखि ०६२÷०६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालिन सैबुगाउँ कमिटि तरुणदलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।




प्रतिक्रिया