काठमाण्डु – नेपाली काँग्रेसले भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरूलाई तत्कालका लागि महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।
निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबैको भूमिका आवश्यक हुने भन्दै काँग्रेस केन्द्रीय कार्यालयले पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । याे निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन रोकिने भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै चुनावमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबै भ्रातृ संघहरू, शुभेच्छुक संस्थाहरू लगायत विदेशस्थित जनसम्पर्क समितिहरू समेत क्रियाशील रहेकाले हाललाई पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न भनेका छन् ।
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन र महाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्न पनि काँग्रेसले निर्देशन दिएको छ ।





प्रतिक्रिया