निर्वाचन आयोगले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री भट्टसँग २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री भट्टसँग २४ घण्टे स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधिएको बताएको छ ।

बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि यसबारे जानकारी दिएका छन् । यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि २४ घण्टे स्पष्टीकरण मागेको छ ।