विप्लवको पार्टीबाट नेताद्धय चलाउने र लोहनी निस्काशित

विप्लवको पार्टीबाट नेताद्धय चलाउने र लोहनी निस्काशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बित भएका छन् ।

केन्द्रीय समितिको सचिवालयलको बैठकले उनीहरुलाई निलम्बन गरेको हो । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले एक विज्ञप्ति जारी गरी चलाउने र लोहनीलाई पार्टीबाट हटाइएको जानकारी दिएका छन् ।

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । स्थानीय तहको चुनावमा सहभागी हुने कि भन्ने विषयमा नेकपामा अन्तरविरोध चर्किएको छ ।

बुधबार बसेको बास्तोला र ओली पक्षको बैठकले पनि महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाही गरेको थियो ।