गठबन्धनका उम्मेदवारलाई जिताउन जनता आतुर भएका छन् : माधव नेपाल

गठबन्धनका उम्मेदवारलाई जिताउन जनता आतुर भएका छन् : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई जनताहरुले मन पराएको बताएका छन् ।
बिहीबार सत्तापक्षीय गठबन्धनले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न चितवलन पुगेका अध्यक्ष नेपालले गठबन्धन दलहरुको चुनावी तालमेलले गर्दा जनताहरुमा उत्साह थपिएको बताएका हुन् ।

‘राम्रोसँग व्यवस्थापन गरेका छौँ । ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आइरहेको छ । गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा सबै लाग्नुहोस् ।’, उनले भने ।

चुनावको माहोल अनुकूल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए । भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए । राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ भने ।

‘हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ’ अध्यक्ष नेपालले भने, ‘गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।’