चुनावी प्रचार-प्रसारको लागि मेयर विष्टले दिए राजीनामा

चुनावी प्रचार-प्रसारको लागि मेयर विष्टले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजीनामा दिएका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए ।

निर्वाचन आचारसंहिता अनुसार बहालवाला मेयरले चुनाव प्रचारप्रसारमा जान नमिल्ने भएपछि राजीनामा दिएको उनले बताए । उनी गठबन्धको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विष्णु विष्ट ‘आदर्श’को चुनावी अभियानमा लाग्नेछन् ।