कंचनपुर – कंचनपुरको बेलौरी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर संयौ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबार आयोजित चुनावी सभामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी त्यागेर एमाले प्रवेश गर्नेलाई स्वागत गरेका थिए । एमाले अध्यक्ष ओली चुनावी सभालाई सम्बोधन गर्न बेलौरी पुगेका हुन् ।
एमाले प्रवेश गर्नेमा बेलौरीका मेयरका दावेदार समेत रहेका माओवादी केन्द्रको लेखा परीक्षण आयोगका केन्द्रीय सदस्य यज्ञप्रसाद कंडेल, वन तथा वातावरण विभाग केन्द्रीय सदस्य राधा कंडेल र बुद्धिजीवि संगठन केन्द्रीय सदस्य क्षेत्र प्रसाद ज्ञवालीलगायत छन् ।
माओवादी केन्द्रको तर्फबाट कंडेललाई इन्जार्ज खगराज भट्ट पक्षले मेयरको टिकट दिने निर्णय गरेपनि नेता विना मगर पक्षले भने उनलाई रोकेको थियो । कंडेल बेलौरीमा जनमत भएका नेता हुन् । उनि यसअघि लामो समय एमालेमै काम गरेका थिए ।
एमाले प्रवेश गर्नेमा समाजवादीबाट सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हिरामान श्रेष्ठ,केशवराज कंडेललगायत नेता छन् ।
विद्यार्थीबाट राजनीति सुरु गरेकी कमला बोहरा अहिले बेलौरीमा एमालेबाट मेयरको उम्मेदवार छिन् । उनि एमालेको केन्द्रीय कमिटी सदस्यका साथै कंचनपुरको सह इन्चार्ज समेत हुन् ।
चीनबाट उच्च शिक्षा हासिल गरेकी बोहरालाई एमालेमा माओवादी र समाजवादीबाट सयौं नेता कार्यकर्ता प्रवेश गरेसंगै सहज अवस्था बनेको छ । बेलौरीमा कांग्रेसबाट हरेन्द्र बिष्ट र माओवादी केन्द्रबाट पोतिलाल चौधरी मेयरका उम्मेदवार छन् ।




प्रतिक्रिया