प्रधानमन्त्री देउवा तनहुँ जाँदै

प्रधानमन्त्री देउवा तनहुँ जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार तनहुँ जाने भएका छन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नको लागि देउवा तनहुँ जाने भएका हुन् । पहिले बुटवलमा हुने आमसभालाई सम्बोधन गर्ने र त्यसपछि उनी तनहुँ जाने जनाइएको छ ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा यसपाली नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेर निर्वाचन लड्दैछन् । कांग्रेसको पकड मानिएको व्यास नगरपालिकामा जोशीपुत्र दिपकराज जोशी एमालेसँगको तालमेलमा मेयरमा लड्दैछन् ।