तनहुँ पुगेर देउवाले भने – प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ 

तनहुँ पुगेर देउवाले भने – प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सम्म मात्र हालको गठबन्धन कायम नरहने बताएका छन् । शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताएका हुन् ।

उनले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको दावी गरे ।  उनले भने ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे । आफूबाहेक अरुलाई काम गर्न नदिने र आफू विरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक पटक संसद् भङ्ग गरेको उनले आरोप लागए

गठबन्धन असफल बनाउन पटक पटक गरिएको प्रयास निरर्थक भएको बताउदै देउवाले चुनावी मैदानबाट सबैलाई जवाफ दिने बताए । उनले तनहुँमा गठबन्धनलाई अत्याधिक बहुमतले जिताउन पनि आग्रह गरे । तनहुँमा सत्तारुढ दलबीच दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । दलहरूको आ–आफ्नै अडानका कारण  जिल्लाको अन्य आठ स्थानीय तहमा गठबन्धन भएन्