काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको आइजीपी बढुवाप्रति असन्तुष्टि पोखेका छन् ।
आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रहरीमा प्रचलित नियम कानून विपरितको बढुवा गरी प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा संगठनलाई तहसनहस बनाएको आरोप लगाए ।
‘प्रहरीमा प्रचलित नियम कानून विपरित भएको छ,’ ओलीले देउवाको चर्को आलोचना गर्दै भने, ‘सुरक्षा संगठनलाई तहसनहस बनाउने काँग्रेस सरकारको इतिहास छ ।’ आइजीपीमा धीरज प्रताप सिंहलाई नियुक्त गरेकोमा पहिलोपटक ओलीले सार्वजनिक कार्यक्रममा आपत्ती जनाएका हुन् । सिंहको नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेल अदालत गएपनि अन्तरिम आदेश जारी भएन ।
ओलीले देउवाले विगतमा संसद भग गरी राजालाई सत्ता सुम्पिएको आरोप लगाए । उनले भने, ‘संसद भंग गरी राजालाई सत्ता सुम्पने, राजाबाट नियुक्त हुने नेपाली काँग्रेसको सरकारले गरेको इतिहास छ ।’ ओली काँग्रेसको नामै लिएर कडा रुपमा प्रस्तुत भएका थिए । उनले काँग्रेसले २७ वर्ष सरकार चलाउँदा देशमा समस्याहरु मात्रै ल्याउने गरेको आरोप लगाए ।




प्रतिक्रिया