राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आइतबार  सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मङ्गलबार दिउंसाे  ४ बजेका  लागि अधिवेशन आह्वान गरेकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदकाे दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदकाे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।