प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले किन भेटे राष्ट्रपतिलाई ?
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानन्यायाधीशमा अस्वीकृत भएका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले भेट गरेका छन्।
उनले राष्ट्रपति भण्डारीसँग शनिबार बेलुका राष्ट्रपति कार्यालय शितलनिवासमा ५० मिनेट भेट गरेका हुन्। उनले शनिबार बेलुका ६ बजेर ३० मिनेटदेखि ७ बजेर २० मिनेटसम्म भेटेरगुनासो पोखेका हुन्।
जोशीले संसदीय विशेष सुनुवाइ समितिले शुक्रबार मात्र प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो।
राष्ट्रपतिलाई भेटेर उनले संसदीय सुनुवाइ समितिले आफूलाई अस्वीकृत गरेको भन्दै गुनासो पोख्नुका साथै आफ्नो शैक्षिक प्रमाणपत्रमाथि सरकारले स्वतन्त्र छानविन गर्न सक्ने बताए। र,आफू आइतबारबाट बिदामा बस्न लागेको समेत उनले राष्ट्रपतिलाई जानकारी गराएका थिए।