भोट माग्दै देउवाले भने – डडेल्धुरालाई सुदूरपश्चिमको राजधानी बनाएर छाड्छु 

भोट माग्दै देउवाले भने – डडेल्धुरालाई सुदूरपश्चिमको राजधानी बनाएर छाड्छु 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने बताएका छन् । मंगलबार जिल्लाको अमरगढी नगरपालिकामा आयोजित चुनावी सभामा बोल्दै देउवाले कांग्रेसका उम्मेदवारलाई जिताए डडेल्धुरालाई प्रदेश राजधानी बनाएर छाड्ने बताएका हुन् ।

संरचना नहुँदा डडेल्धुरालाई राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ । पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरू थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन । अब संरचनाहरू निर्माण गर्छौ। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।’

त्यसैगरी उनले डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने दावी गरे ।  देउवाले भने, ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु।’ त्यसैगरी उनले कांग्रेसका उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् ।   २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको थियो । तर हालको अवस्था हेर्दा पहिला भन्दा नेपाली कांग्रेस डडेल्धुरामा कमजोर देखिएको छ ।