काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले गोखराको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गरेपछि भट्टराईले आफ्नो मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने मतपत्रको तस्वीर फेसबुकमा पोस्ट गरेका हुन् ।
पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन ।
वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् । निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेको छ । तर भट्टराईले भने मतपत्रमा स्वस्तिक छाप लगाएको फोटोसमेत सार्वजनिक गरेका हुन् ।









प्रतिक्रिया