सप्तरीको डाक्नेश्वरीको निर्वाचन स्थगित, मतदान १ जेठमा हुने

सप्तरीको डाक्नेश्वरीको निर्वाचन स्थगित, मतदान १ जेठमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका–२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुने भएको हो ।

मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । रोकिएको मतदान आजै पुनः नहुने अवस्था भएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलपछि १ जेठमा मतदान गर्ने निर्णय गरिएको बताए । एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन् । तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरू भएको थियो ।

विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए । मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको थियो ।