चुनावमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन नसकेको आयोगको निष्कर्ष

चुनावमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन नसकेको आयोगको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन कमजोर हुँदा राजनीतिक दलका कार्यकर्ता अराजक भएको निष्कर्ष निकालेको छ ।

देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकैसाथ भएको मतदानका क्रममा कतिपय स्थानमा झपडको स्थिी सिर्जना भएको थियो । चर्को राजनीतिक ध्रुवीकरणका बेला सुरक्षाकर्मीले ग्याप दिएका कारण राजनीतिक दलका प्रतिनिधि अराजक भएको आयोगको निष्कर्ष छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलन गर्दै देशैभर एकैसाथ निर्वाचन गराउने क्रममा सरकारले आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकेको बताए । विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण कम्तीमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ भने कतिपय स्थानमा मतपत्र च्यातिनुका साथै कतिपय ठाउँमा मतपेटिका समेत तोडफोड भएको छ ।

‘एकै चरणमा निर्वाचन गर्नु परेका कारण अलिकति भनेजस्तो सुरक्षा बन्दोबस्त हुन नसकेको हो कि भन्ने आयोगले प्रारम्भिक अनुमान गरेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूका बीच जुन सुझबुझपूर्ण सम्बन्ध र सहयोग हुनु पर्ने हो अनुसारको व्यवस्थापन नहुँदा आयोग चिन्तित बनेको छ,’ उनले भने ।

साथै उनले केही स्थानबाहेक देशैभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको बताए । उनले कतिपय ठाउँमा उम्मेदवारहरुको विवाद, सामान्य विषयमा पनि विवाद झाँगिंदै जाँदा मतदान स्थलहरुमा झडप तथा तनाव भएको बताए ।