काठमाण्डु – काठमाण्डुको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका द्वारिका श्रेष्ठ निर्वाचित भएका छन् ।नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् ।
श्रेष्ठले १ हजार १ सय १७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवारले ६३८ मत मात्र ल्याएका छन् । वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै विजयी भएको छ ।




प्रतिक्रिया