काठमाण्डु – अहिलेसम्म ११ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत निर्विरोध भएकासहित ११ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो ।
अहिलेसम्मको प्राप्त नतिजाअनुसार अध्यक्षमा एमालेले ५ वटा पालिकामा बाजी मारेको छ भने कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेको छ । त्यसैगरी माओवादी केन्द्रले एक पालिका जितेको छ । जसमा डोल्पाको जगदुल्लाको अध्यक्ष पदमा विजयी भएको छ ।
एमाले :
मनाङको डिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका
मनाङको नासोमा गाउँपालिका
एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
माओवादी केन्द्र :
डोल्पाको जगदुल्ला गाउँपालिका




प्रतिक्रिया