काठमाण्डु अपडेट : १५ सय मत गनियो, कसले कति पाए ?

काठमाण्डु अपडेट : १५ सय मत गनियो, कसले कति पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ ।

वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् ।

अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरूमध्ये एक हुन्, बालेन्द्र शाह उर्फ बालेन । उनी सङ्‍घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् ।

उनले सुरुवाती अग्रता कायम राखिरहेका छन्। अहिलेसम्म करिब १५ सय मत गणना सकिदाँ शाहले ५६८ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।