काठमाण्डुमा दोब्बर मतले बालेनको अग्रता कायमै, अन्यकाे कति ?

काठमाण्डुमा दोब्बर मतले बालेनको अग्रता कायमै, अन्यकाे कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन् । स्थानीय तहको निर्वाचन शुक्रबार समपन्न भएको थियो । हाल मतगणना जारी छ ।

आइतबार साढे १० बजेको मत परिणामअनुसार स्वतन्त्रतर्फका साहले काठमाण्ड महानगरको लिड गरेका हुन् । ५९८३ मत गन्दा साहले २२३८ मतका साथ अग्रता कायम राखेका हुन् ।

दोस्रोमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२१९ मत ल्याएका छन् । साथै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १०८१ मतका साथ तेस्रो स्थानमा छन् ।