एमालेले कंचनपुरको लालझाडीमा अध्यक्ष र उपाध्यक्ष दुवै जित्यो

एमालेले कंचनपुरको लालझाडीमा अध्यक्ष र उपाध्यक्ष दुवै जित्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर-  कंचनपुरमा एमालेले जितको खाता खोलेको छ । एमालेले लालझाडी गाउंपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको हो । गाउंपालिका अध्यक्षमा एमालेका निर्मल राना र उपाध्यक्षमा सपना चौधरी निर्वाचित भएकी छन् ।

रानाले माओवादीका मदन सेन बडायकलाई १ हजार ६ सय ३१ मत अन्तरले पराजित गरेका छन् । रानाले ४ हजार ५ सय १६ मत पाए भने बडायकले २ हजार ८ सय ५८ मत पाए । कांग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८ मत पाएका छन् । ०७४ को निर्वाचनमा राना बडायकसंग पराजित भएका थिए ।

उपाध्यक्षमा चौधरीले ३ हजार ५ सय ६१ मत पाईन । उनकी निकटम प्रतिद्धन्द्धी कांग्रेसकी राधा रानाले ३ हजार ४ सय ९३ मत पाएकी छन् । माओवादीकी सत्यदेवी महराले २ हजार ७ सय ३२ मत प्राप्त गरेकी छन् । लालझाडीका ६ वडामा एमाले ३, २ वडामा माओवादी र १ मा कांग्रेस प्यानलसहित विजयी भएको छ ।