भैरहवा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा मोदी बुद्ध जयन्तीका दिन लुम्बिनी आएका हुन् । उनलाई प्रधानमन्त्री देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल भ्रमण हो । मोदी ६ घण्टा लुम्बिनीमा रहनेछन् । मोदीले केही बेरमा प्रधानमन्त्री देउवासंगै बिशेष पूजाआजा गर्ने कार्यक्रम छ
। त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन् । लुम्बिनी आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् ।




प्रतिक्रिया