राजविराज नगरपालिका १, २ र १६ मा जसपा निर्वाचित

राजविराज नगरपालिका १, २ र १६ मा जसपा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको राजविराज नगरपालिका वडा नं १ ,२ र १६ मा जनता समाजवादी पार्टीका अध्यक्ष उमेदवार विजयी भएका छन् । वडा नं १ को वडा अध्यक्षमा जसपाका चन्दर चौधरी र वडा नं २ मा जसपाकै अरूण कुमार यादव विजयी भएका हुन् ।

राजविराज नगरपालिका १६ मा जसपाकै रामएकबाल यादव विजयी भएका छन्। अरूण र चन्दर दोस्रो पटक अध्यक्ष पदमा विजयी भएका हुन्।२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दर नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए भने अरूण जसपाबाटै निर्वाचित भएका थिए ।