प्रधानमन्त्री देउवा र मोदीबीच भेट : लुम्बिनी र कुशिनगरबीच भगिनी सम्बन्ध बनाउने सहमति

प्रधानमन्त्री देउवा र मोदीबीच भेट : लुम्बिनी र कुशिनगरबीच भगिनी सम्बन्ध बनाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा नेपालको लुम्बिनी र भारतको कुशिनगर शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘लुम्बिनी र कुशिनगरबीच भगिनी सम्बनध स्थापना गर्न दुवै पक्ष सैद्धान्तिक सहमत भएका छन् । आवश्यक प्रकृया सम्बन्धित स्थानीय निकायहरूमार्फत समयैमा नै अघि बढाइनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

साथै भेटमा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको मन्त्रालयले जनाएको छ ।

आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज विहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।