काठमाण्डु – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।
कुल ३९ हजार ९६१ मतगणना हुँदा दाहालले १५ हजार १३४ मत पाएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले १२ हजार ७७ मतले पछ्याइरहेका छन् । ३ हजार ५७ मतले रेनु अगाडि छिन्।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २५३ मत प्राप्त गरेका छन्। उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी १७ हजार ५३५ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत ९ हजार ७३२ छ ।




प्रतिक्रिया