गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिजाल विजयी

गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिजाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस दीपक कुमार रिजाल विजयी भएका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत रिजाल ९ हजार ६९२ मतसहित मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा निर्वाचित भइन् । उनी ८ हजार ८०४ मतसहित निर्वाचित भएकी हुन् । उनीसँग नेपाली कांग्रेसकी उम्मेदवार एवम् निवर्तमान उपमेयर शान्ति नेपाललाई १९५ मतले पछि परिन् ।