आफ्नै वडा जोगाउन सकेनन् सिटौलाले, एमाले विजयी

आफ्नै वडा जोगाउन सकेनन् सिटौलाले, एमाले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा नेकपा एमालेका टेकबहादुर खड्का विजयी भएका छन् ।

नेपाली कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गर्दै खड्का १ हजार ४८० मतसहित विजयी भएका हुन् ।काफ्लेले १ हजार १७१ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वडाध्यक्षका लागि चुनावी प्रतिष्पर्धामा उतारेका खेमराज भट्टराईले ७०६ मत ल्याएका छन् ।

भद्रपुर नगरपालिकामा १० वडामध्ये कांग्रेसले २, ५, ६, ८, एमालेले १, ९, १०, राप्रपाले ३, ७ तथा माओवादीले ४ नम्बर वडा जितेका छन् ।

वडा नम्बर १० कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहवडा हो ।