गणतन्त्र दिवस ३ दिन मनाउने सरकारको निर्णय

गणतन्त्र दिवस ३ दिन मनाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने भएको छ । बिहीबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले गणतन्त्र दिवस तिन दिन मनाउने निर्णय गरेको हो ।

सरकारको उक्त निर्णयसँगै जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाइनेछ । निर्णय अनुसार जेठ १४ मा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली गरिनेछ । समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुँडिखेलमा औपचारिक मूल समारोह गरिने गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताए । सो साँझ सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने निर्णय गरिएको छ ।

१६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गरेर मनाउने निर्णय गरिएको छ ।

समितीले विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरुमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय गरेको छ । प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय र प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराउने तथा ३ दिन साँझ दिपावली गर्ने निर्णय गरिएको छ ।