काठमाण्डु – काठमाण्डुमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने भएको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
साहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार अत्यवश्यक भए जिप्रकाबाट पास जारी गरेर मात्र सार्वजनिक विदाको दिन सवारी साधन चालाउन पाइनेछ ।
‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न । ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’, उनले भने । सरकारले २ जेठदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।




प्रतिक्रिया