प्रतिनिधि सभाको १० वटै समितिको बैठक सोमबार

प्रतिनिधि सभाको १० वटै समितिको बैठक सोमबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाअन्तर्गत गठन भएका समितिहरुको पहिलो बैठक सोमबार बसेको छ। साउन १७ गते गठन भएका समितिहरुको पहिलो बैठक सोमबार बसेको हो।

प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाई विशेष समितिसमेत गरी ११ समिति छन्। संसदीय सुनुवाई विशेष समिति पहिले नै बनिसकेको भए पनि बाँकी समिति ढिलो गरी बनेका हुन्।

सोमबारको पहिलो बैठकको नेतृत्व प्रत्येक समितिका ज्येष्ठ सदस्यले गरेका छन्। समितिका सभापति चयन नभएकाले ज्येष्ठ सदस्यले बैठक चलाएका हुन्। १० वटै समितिको पहिलो बैठक परिचयात्मक हुनेछ। सोमबारको बैठकमा प्रमुख एजेण्डा केही थिएनन्।

कुन समितिमा को छन् सदस्य, हेर्नुस् सूचीसहित।