नेपाली क्रिकेट टोलीले आयरल्यान्ड, स्कटल्यान्ड र बंगलादेशसँग ६ खेल खेल्ने

नेपाली क्रिकेट टोलीले आयरल्यान्ड, स्कटल्यान्ड र बंगलादेशसँग ६ खेल खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड भ्रमणमा जाने भएको छ। २०२७ को जुन महिनामा इंग्ल्याण्ड जाने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।

भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग गरी ६ वटा खेल खेल्नेछ।

भ्रमणको मुख्य आकर्षणका रूपमा क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा टी–२० खेलसमेत आयोजना हुने जनाइएको छ।

नेपालले आगामी जुन १ देखि १२ सम्म आयरल्यान्ड, स्कटल्यान्ड र बंगलादेशसँग टी-२० आई र एकदिवसीय खेल खेल्ने छ ।

नेपालले जुन १ मा वेम्बेलीमा नेपाल र स्कटल्यान्डबीच ओडीआई खेल हुनेछ। त्यस्तै, जुन ३ मा लर्ड्समा बंगलादेश र नेपालले टी-२० आई खेल्नेछन्।

जुन ६ मा आयरल्यान्डसँग वेम्बेलीमा ओडीआई र जुन ९ मा टी-२० आई खेल्ने तालिका रहेको छ। त्यसपछि जुन ११ र १२ मा आयरल्यान्डसँग टी-२० आई खेल्ने छ ।