रचनात्मक तरिकाले विकासको काममा लाग्छु : उपमेयर डंगोल

रचनात्मक तरिकाले विकासको काममा लाग्छु : उपमेयर डंगोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले रचनात्मक रुपमा महानगर विकासमा जुट्ने बताएकी छन् ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डंगोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् ।

उनले भनिन्, “प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ, त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट विजय हुनुभएका जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।”  उनले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

वैंशाख ३० मा भएको स्थानीय तह चुनावमा २९ वर्षीया डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरेर विजयी भएकी हुन् । स्थानीय तहमा चुनावमा सर्वाधिक मत प्राप्त गर्दै डंगोल विजयी भएकी हुन् ।