काठमाण्डु – राष्ट्रिय सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।
गत मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेृवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-०८०को नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभाले बहुमतले शुक्रबार पारित गरेको हो ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
यसअघि सो प्रस्तावमाथि राष्ट्रिय सभा सदस्यले उठाएको प्रश्न र जिज्ञासाको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक १५ जेठ अपरान्ह ३ बजे बस्नेछ ।




प्रतिक्रिया