चीनबाट एयर चाइना र हिमालय एयरलाइन्सको नियमित हवाई सेवा सुचारु

चीनबाट एयर चाइना र हिमालय एयरलाइन्सको नियमित हवाई सेवा सुचारु

himalaya-airlines-airchina

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चीनले नियमित हवाई सेवा सुचारु गरेको छ । चीनले लकडाउनअघि बन्द गरेको हवाई सेवा जेठ १७ बाट सुचारु गरेको हो । चीनबाट हिमालयन एयरलाइन्स र एयर चाइनाले नियमित उडान सुरु गरेका हुन् ।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशलकिशोर रायले चीन नियमित हवाई सेवा सुचारु गर्न तयार भएको जानकारी दिए । उनले हिमालयन एयरलाइन्सको सुरु भइसकेको र एयर चाइनाको आगामी आइतबारबाट नियमित फलाइट सुरु हुने बताए ।

हिमालयन एयरलाइन्सले चीनको कुन्मिङबाट मंगलवारदेखी नियमित हवाई उडान सुरु गरेको हो । अवदेखि उक्त एयरलाइन्सले प्रत्येक हप्ताको मंगलवारदेखी नियमित उडान भर्नेछ । यसअघि हिमालयले चार्टड फलाइट गर्दै आएको थियो ।

एयर चाइनाले समेत चीनको छेन्दुबाट काठमाण्डु उडान भर्ने तयारी गरेको छ । एयर चाइनाले प्रत्येक हप्ताको आइतबार छेन्दु काठमाण्डौं उडान गर्ने तयारी गरेको हो । दुवै एयरलाइन्सको इकनोमिक क्लासको टिकट २१ सय ३० डलर तोकिएको छ । त्यसका साथै ६ सय डलर क्वारेन्टाइन शुल्क समेत यात्रुले तिनुपर्नेछ ।

चीन आउनुअघि नेपालकै होटेलमा ५ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम चीनले बनाएको छ । त्यसका साथै चीन गएर समेत १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम छ ।

कोरोना भाइरसको महामारी सुरु भएपछी २०७७ पुसमा चीनबाट व्यवसायिक उडान रोकिएको थियो । चिनियां विदेशमन्त्री वाङ यीको मार्च २५ देखी २७ सम्म भएको नेपाल भ्रमणका बेला जारी भएको संयुक्त बक्तव्यमा चीन र नेपालबीच सिधा हवाई यातायात सुचारु गर्ने सहमति समेत भएको थियो ।

संयुक्त वक्तव्यमै जारी भएको सहमति तीन महिनापछी चीनले पालना गरेको हो । चीनले यही सेप्टेम्बरबाट चीनमा मेडिकल अध्ययन गरिरहेका विद्यार्थीहरुलाई समेत फिर्ता लिने तयारी गरिरहेको छ । त्यसका लागि नेपाल सरकारसंग छलफल भइरहेको स्रोतले जनाएको छ ।