ग्रिसविरूद्ध नेदरल्यान्ड्सको ७ गोलको वर्षा, रिइन्डर्सको ह्याट्रिक

ग्रिसविरूद्ध नेदरल्यान्ड्सको ७ गोलको वर्षा, रिइन्डर्सको ह्याट्रिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिग फुटबलमा ग्रीसमाथि फराकिलो जित निकालेको छ। शुक्रबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले ग्रीसलाई ७(० गोलले पराजित गरेको हो।

एम्स्टर्डमस्थित योहान क्रुफ एरिनामा भएको खेलको पहिलो हाफमै नेदरल्यान्ड्सले पाँच गोल गरेको थियो। टोलीको जितमा तिजानी रिइन्डर्सले ह्याट्रिक गरे भने जुरियन टिम्बरले दुई गोल गरे।

नेदरल्यान्ड्सले छैटौँ मिनेटमा क्रिसेन्सियो समरभिलको गोलबाट अग्रता लिएको थियो। त्यसपछि रिइन्डर्सले १२औँ, १८औँ र ३३औँ मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।

४०औँ मिनेटमा टिम्बरले गोल गरेपछि पहिलो हाफमा नेदरल्यान्ड्स ५–० ले अगाडि रह्यो।

दोस्रो हाफमा पनि नेदरल्यान्ड्सको आक्रामक खेल जारी रह्यो। टिम्बरले ५९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने डोनीएल मालेनले ६१औँ मिनेटमा सातौँ गोल थपे।

यससँगै टिम्बरले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट पहिलो दुई गोल गर्ने उपलब्धि हासिल गरे।

जितसँगै नेदरल्यान्ड्स नेसन्स लिगको समूह ए२ मा शीर्ष स्थानमा छ। उसको ६ खेलबाट ग्रीस र जर्मनीभन्दा तीन अंक बढी छ। जर्मनीले पनि सर्बियालाई ३–१ गोलले पराजित गरेको छ।

समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। तेस्रो स्थानमा रहने टोलीले भने रेलिगेसन प्लेअफ खेल्नुपर्ने हुन सक्छ।

सोमबार हुने अन्तिम खेलमा जर्मनीले नेदरल्यान्ड्सको सामना गर्नेछ भने ग्रीसले सर्बियासँग खेल्नेछ।