काठमाण्डु– सशस्त्र प्रहरी बल नेपालमा धमाधम काज सरुवा निस्कन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसअघि काजमा केही डिएसपी र इन्सपेक्टरको सरुवा गरिसकेका छन् ।
अर्यालकै निर्देशनमा बुधवार फेरी केही अधिकारीहरुको काज निस्केको छ । जसअनुसार प्राविधिक एसएसपी नानीराम हुंमागाईलाई कार्य तथा सीमा सुरक्षा विभागबाट नेपाल प्राविधिक तालिम शिक्षालय, एसपी बिरसिंह साहुको नम्बर ३६ हेडक्वार्टर डोटी, समिक कुमार महर्जनलाई कल्याणकारी सेवा केन्द्र र एपिएफ अस्पतालमा कार्यरत पूर्णबहादुर साउदलाई नम्बर २० गण काठमाण्डौं सरुवा गरिएको छ ।
नम्बर २० गण सशस्त्रमा विपत र उद्दारको काम हेर्ने भएकाले निकै महत्वपूर्ण मानिन्छ । साउंद यसअघिका आईजीपी शैलेन्द्र खनालका समेत विश्वासपात्र हुन् । उनले खनालको कार्यकालमा समेत लाभको पद हासिल गरेका थिए । अहिले सशस्त्रमा मुख्यालयमा साउंदकै बोलवाल चल्न थालेको बताइन्छ ।
आईजीपी अर्यालले यसअघि कर्मचारी प्रशासनमा डिएसपी नन्द साउंद र सचिवालयमा डिएसपी गुन्जनप्रताप मल्ललाई ल्याएका थिए । नन्द र पूर्ण नातेदार समेत हुन् । नन्द इन्सपेक्टर हुंदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पिएसओ थिए ।
त्यसैगरी सशस्त्रमा महत्वपूर्ण मानिने भर्ना छनौंटमा डिएसपी तिलक खड्का, एफिएफ स्कुल कोहलपुरमा डिएसपी लक्ष्मि थपलिया,डिएसपी शेरबहादुर अधिकारी सामान्य प्रशासन र एफिएफ स्कुल कोहलपुरमा विकासभक्त श्रेष्ठको काज सरुवा भएको छ ।
दोलखास्थित सशस्त्र प्रहरी गुल्मका डिएसपी बुद्धिनारायण महर्जन कमान्डबाट हटाइएको छ । त्यहां डिएसपी सुरज कुमार कार्कीलाई पठाइएको छ । इन्सपेक्टरहरु रविन थापा र नारायण गुरुङ इन्टेलिजेन्स र लक्ष्मण जोशीको सशस्त्रमा मुख्यालयमा रहेको पेट्रोल पम्पमा काज सरुवा भएको छ ।
सशस्त्रमा काज सरुवा भएपनि डिआईजी रिक्त भएको धैरै हुंदा समेत बढुवा भने अघि बढ्न सकेको छैन् । प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वांई कामु एसएसपी दिपेन्द्र कुंवरलाई बढुवा गरेर अघि ल्याउनकै लागि सशस्त्रमा बढुवा नै रोकिएको छ ।
सशस्त्रमा चार डिआईजी र २७ एसएसपीको पक्त रिक्त छ । नियमअनुसार कामु एसएसपीहरुलाई सूचना प्रकाशित गरेर बढुवा प्रक्रिया अघि बढाउनुपर्नेमा जारी भएको सुचना नै वेभसाइटबाट हटाइएको छ ।
सशस्त्रको नियमअनुसार एसएसपी हुन चार वर्ष पुगेको हुनुपर्ने नियम छ । तर, उक्त नियमअनुसार सिसम १ का कामु एसएसपीहरुको चार वर्ष वैशाख २६ मै पुगिसकेको छ । कामुबाट कन्फर्म हुने लाइनमा एसएसपीहरु सुरेश श्रेष्ठ, दिपेन्द्र शाह,दिपक अधिकारी,पुरुषोत्तम थापा र अन्जनी पोखरेललगायत छन् । तर, उनिहरुको बढुवा समेत कुंवरकै दबावमा रोकेर राखिएको छ ।
कुंवरको ब्याचमा भने एक नम्बरमा विष्णु भट्ट,दिगविजय सुवेदी,विश्व भट्टराई,भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत र माधव प्रसाद पौडेललगायत छन् । कुंवर ११ औं नम्बरमा छन् । उनलाई आफनो व्याचभन्दा अगाडीको व्याचमा बढुवा गर्न सशस्त्रमा बढुवा रोकेर राखिएको छ । जवकी उनलाई यसअघि पनि ७० नम्बरबाट तानेर ११ नम्बरमा ल्याइएको थियो ।
कुंवरको सशस्त्रमा दादागिरी हुंदा गृहसचिव टेकनारायण पाण्डे,आईजी अर्याल र गृहमन्त्री बालकृष्ण खांड भने लाचार बनेका छन् । उनिहरुले प्रधानमन्त्री कार्यालयको दबावमा सशस्त्रको बढुवा प्रक्रिया नै अवरुद्ध गरेर राखेका छन् ।
यो पनि पढ्नुहोस- सशस्त्रमा ज्वांई आतंक : बढुवामा नपर्ने भएपछी गृहमन्त्रालयकै सूचना गायब !




प्रतिक्रिया