कोलकोत्ताबाट काठमाण्डौं आए अमेरिकी सेनाका जनरल, भोली प्रधानसेनापतिसंग भेटवार्ता हुने

कोलकोत्ताबाट काठमाण्डौं आए अमेरिकी सेनाका जनरल, भोली प्रधानसेनापतिसंग भेटवार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सेनाका इण्डो प्यासेफिक कमाण्ड कमाण्डर चाल्र्स ए फिलन चार दिने औपचारिक भ्रमणमा क्रममा नेपाल आइपुगेका छन् । भारतको राजधानी नयां दिल्ली हुंदै फिलन अमेरिकी सेनाको विशेष विमानबाट १२ः ३० मा काठमाण्डौं अवतरण गरेको नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिए ।

उनि नेपाल आउनुअघि भारतिय सेनाको कोलकोत्तास्थित पूर्वी कमाण्डको भ्रमण गरेका थिए । फिलनसंगै अमेरिकी वायु सेनाका दुई वटा विमान समेत काठमाण्डौं अवतरण गरेका छन् ।

उनि एसिया–प्रशान्त क्षेत्रको कमाण्डरमा नियुक्त भएको ठिक एक वर्षपछी नेपाल भ्रमणमा आएका हुन् । चार तारे जर्नेल समेत रहेका उनि फिलन सन् २०२१ को जुनमा एसिया–प्रशान्त क्षेत्रको प्रमुख नियुक्त भएका थिए ।

फिलनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधासेनापति प्रभुराम शर्मासंग भेटवार्ता गर्दैछन् । उनलाई सैनिक मुख्यालयमा गार्डअफ अनर दिने कार्यक्रम छ । प्रधानसेनापतिसंगको भेटवार्ताअघि नेपाली सेनाको अप्रेसन गतिविधिबारे उनलाई ब्रिफिङ गरिनेछ ।

त्यसैदिन प्रधानसेनापतिले उनको सम्मानमा रात्रिभोज समेत आयोजना गरेका छन् । उनले शुक्रबार नै रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासंग समेत भेटवार्ता गर्दैछन् ।

अमेरिकी जनरल चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । उनले सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम तय भएको छ । त्यहांबाट उनि सिधै अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।

फिलन जेठ २९ मा सेनाको पांचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमणमा समेत जानेछन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा समेत अमेरिका भ्रमणमा जाने तयारीमा छन् ।

यो पनि पढ्नुहोस-

‘एमसीसीजस्तै एसपीपी अघि बढाउन अमेरिकाको सेनालाई दबाव ’