भारतीय राजदूत सैनिक मुख्यालयमा, प्रधानसेनापतिसंग भेटवार्ता

भारतीय राजदूत सैनिक मुख्यालयमा, प्रधानसेनापतिसंग भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नाम्ग्या सी खम्पाबीच भेटवार्ता भएको छ । अमेरिकी सेनाका चार तारे जर्नेल काठमाण्डौं अवतरण गरेकै दिन भारतिय राजदूत खम्पा सैनिक मुख्यालय पुगेकी हुन् ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

नेपाली सेनाले यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने दावी गरेको छ ।