सशस्त्रमा बढुवा रोकिएको भन्दै पूर्व गृहमन्त्रीद्धारा संसद बैठकमा सरकारको आलोचना

सशस्त्रमा बढुवा रोकिएको भन्दै पूर्व गृहमन्त्रीद्धारा संसद बैठकमा सरकारको आलोचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बलमा रोकिएको बढुवाबारे संसदमा आवाज उठेको छ । पूर्व गृहमन्त्री समेत रहेका एमाले नेता खगराज अधिकारीले सशस्त्रमा रिक्त एसएसपी पदमा बढुवा रोकिएकोबारे संसदको बैठकमा प्रश्न उठाएका हुन् ।

उनले रिक्त पदमा बढुवाको लागि निकालेको सुचना आफ्नै वेभसाइटबाट हटाएको पनि थाहा नहुने घटनाले गृहप्रशासन कति निरिह छ भन्ने यसैबाट पुष्टी हुने आरोप लगाए ।

अधिकारीले संसद बैठकमा भने ‘ प्रधानमन्त्रीज्युको छेउमै बसेकाको आफन्त पर्ने,भान्जा वा के पर्ने हो । उहांलाई तान्नलाई निकालिएको सुचना स्थगित गरिएको छ । यसमा गृहमन्त्रीज्यु सायद सहमत हुनुहुन्न की ? गृहमन्त्रालय अथवा उहांहरु पनि आफै सुचना प्रकाशित गर्ने ठाउंमा हुनुहुन्छ कि हुनुहुन्न । तर, धेरै जुनियरलाई तान्नुपर्ने भएकाले एकाएक वेभसाइडबाट सुचना हटाइएको छ । यसरी गृहप्रशासन कसरी चल्छ ?’

अधिकारीले गृहप्रशासनमा आफै न्याय दिन बसेका प्रहरी अधिकारीहरुको बढुवामा अत्याचार भएको भन्दै आपत्ति जनाए ।

‘प्रधानमन्त्री कार्यालयमा भित्रसम्मै छिरे भन्दैमा । कोही हुक्के चिलिमे, बैठकेको नातेदार भयो भन्दैमा एकाएक निकालेको बढुवाको सुचना स्थगित हुन्छ भने गृहमन्त्रालयलाई यो पैसा किन चाहियो ? त्यसैले मैले खर्च कटौतिको कुरा गरेको हो । ’अधिकारीले बैठकमा भने ।

सशस्त्रमा एसएसपी र डिआईजीको पद रिक्त भएपनि बढुवा प्रक्रिया अघि बढेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वांई कामु एसएसपी दिपेन्द्र कुंवरलाई बढुवा गरेर अघि ल्याउनकै लागि सशस्त्रमा बढुवा नै रोकिएको छ । पूर्व गृहमन्त्री अधिकारीले त्यसैको बारेमा शुक्रबार संसद बैठकमा आवाज उठाएका हुन् ।

सशस्त्रमा चार डिआईजी र २७ एसएसपीको पक्त रिक्त छ । नियमअनुसार कामु एसएसपीहरुलाई सूचना प्रकाशित गरेर बढुवा प्रक्रिया अघि बढाउनुपर्नेमा प्रधानमन्त्रीका पिए भानु देउवाको दबावमा जारी भएको सुचना नै वेभसाइटबाट हटाइएको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खांड गृहमन्त्री भएपनि गृहप्रशासन भने प्रधानमन्त्री पत्नी आरजु देउवा र पिए भानुले चलाइरहेका छन् । पछिल्लो समय गृहप्रशासनमा स्वार्थी समूह हावी भएको स्रोत बताउंछ ।

सशस्त्रको नियमअनुसार एसएसपी हुन चार वर्ष पुगेको हुनुपर्ने नियम छ । तर, उक्त नियमअनुसार सिसम १ का कामु एसएसपीहरुको चार वर्ष वैशाख २६ मै पुगिसकेको छ । कामुबाट कन्फर्म हुने लाइनमा एसएसपीहरु सुरेश श्रेष्ठ, दिपेन्द्र शाह,दिपक अधिकारी,पुरुषोत्तम थापा र अन्जनी पोखरेललगायत छन् । तर, उनिहरुको बढुवा समेत सिसम २ का कामु एसएसपी कुंवरकै दबावमा रोकेर राखिएको छ ।

कुंवरको ब्याचमा भने एक नम्बरमा विष्णु भट्ट,दिगविजय सुवेदी,विश्व भट्टराई,भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत र माधव प्रसाद पौडेललगायत छन् । कुंवर ११ औं नम्बरमा छन् ।

उनलाई आफनो व्याचभन्दा अगाडीको व्याचमा बढुवा गर्न सशस्त्रमा बढुवा रोकेर राखिएको छ । जवकी उनलाई यसअघि पनि ७० नम्बरबाट तानेर ११ नम्बरमा ल्याइएको थियो । कुंवरलाई सिसम १ संगै बढुवामा राखेर लगत्तै डिआईजी बनाउने खेल भएको सशस्त्र स्रोत बताउंछ ।

उनि यसअघि पनि रसुवा भन्सार, गड्डाचौकी भन्सारमा बसेर लाभ हासिल गरेका अधिकृत हुन् । उनको कार्यसम्पादन सामान्य भएपनि शक्तिकेन्द्रकै आर्शिवादमा उनले सेनाको स्टाफ कलेज जाने अवसर समेत पाएका थिए । कुंवर सशस्त्रको स्टाफ कलेजको परिक्षामा दुई पटक अनूर्तिण भएका थिए । पछी उनलाई सशस्त्रको कोटाबाटै सेनामा पठाइएको थियो ।

कुंवरको सशस्त्रमा दादागिरी हुंदा गृहसचिव टेकनारायण पाण्डे,आईजी अर्याल र गृहमन्त्री बालकृष्ण खांड भने लाचार बनेका छन् । उनिहरुले प्रधानमन्त्री कार्यालयको दबावमा सशस्त्रको बढुवा प्रक्रिया नै अवरुद्ध गरेर राखेका छन् ।

यो पनि पढ्नुहोस-

सशस्त्रमा ज्वांई आतंक : बढुवामा नपर्ने भएपछी गृहमन्त्रालयकै सूचना गायब !

सशस्त्रमा प्रधानमन्त्रीका पिएको दबावमा बढुवा अवरुद्ध,काज धमाधम