शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई कर छुट हुँदैन: मेयर बालेन

शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई कर छुट हुँदैन: मेयर बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक शौचालय प्रयोग गर्न दिए वापत होटल, रेष्टुरेण्ट, बैंक र अन्य सस्थालाई कर छुट दिन नसकिने बताएका छन् ।

काठमाण्डु महानगरको दोस्रो कार्यपालिका बैठकलाई सम्वोधन गर्दै मेयर शाहले सार्वजनिक शौचालय प्रयोग गर्न दिए वापत होटल, रेष्टुरेण्ट, बैंक र अन्य सस्थालाई कर छुट दिन नसकिने दावी गरेका हुन् ।

‘रेष्टुरेण्ट जस्तो बैंक तथा वित्तीय संस्था र अन्य संस्थालाई कर छुट दिन सकिदैन, बैंकहरूको कर धेरै हुन्छ । हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो । बरु हामी सरसफाइ सामाग्री दिन सक्छौँ ।’, उनले भने ।