बिहीबारकाे माैसम पूर्वानुमान : देशका यी क्षेत्रमा वर्षाको सम्भावना

बिहीबारकाे माैसम पूर्वानुमान : देशका यी क्षेत्रमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ । ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।