काठमाण्डु – अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी हुन नचाहे रद्द पनि गर्न सक्ने बताएको छ ।
एसपीपीका विषयमा विवाद चुलिँदै र्गपछि अमेरिकी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल सहभागी हुन नचाहेमा पत्र पठाएर रद्द गर्न सक्ने बताएको हो ।
‘एसपीपीमा सहभागी हुन नचाहे नेपालले पत्राचार गरेर रद्द गर्न सक्ने छ । कुनै देशले अमेरिकालाई उनीहरू अब कार्यक्रम (एसपीपी) मा भाग लिन चाहँदैनन् भनी जानकारी दिन सक्छ,’ काठमाण्डुस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी मिकलरले विज्ञप्तिमा भनेका छन् ।
एसपीपी कार्यक्रममा रहेका लगभग ९० देशमध्ये बेलारुसले कार्यक्रममा आफ्नो सहभागिता समाप्त गरेको पनि उनले उल्लेख गरेका छन ।
उनले बुधबार पत्रकारसँग कुरा गर्दै सन् २०१५ मा नेपालले कार्यक्रममा सहभागी हुन पहिलो पटक र २०१७ मा पुनः कार्यक्रममा सहभागी हुन दोस्रो पटक अनुरोध गरेपछि सन् २०१९ मा अमेरिकाले नेपालको सहभागिता सुनिश्चित गरेको बताएका थिए ।




प्रतिक्रिया