कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता

कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेड र महाराजा रिसोर्ट प्रालिबीच सम्झाैता भएकाे छ । कुमारी बैंक लिमिटेड र कालिकानगर, बुटवलस्थित महाराजा रिसोर्ट प्रालि बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई महाराजा रिसोर्ट प्रालिबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झाैता भएको हाे।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविनमुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरे । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्गर फुडिङ्गशुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्तगर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमाअझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।