काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नजिब अज्मी मिकातीसँग भेटवार्ता गरेका छन् ।
तीन दिनदेखि लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले मंगलवार प्रधानमन्त्री मिकातीसँगै रक्षामन्त्री मौरिस सलीम, सभामुख नबिह बेरी र लेवनानी सशस्त्र बलका प्रमुख जोसफ खलिल आउनसँग शिष्टाचार भेट गरेका हुन् ।
उक्त भेटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको भूमिका, नेपाल र लेवनानबिचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबिच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
प्रधानसेनापति शर्मा लेवनानबाटै असार १३ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । अमेरिका भ्रमण सकेर शर्मा असार १९ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको छ ।




प्रतिक्रिया