नेपाली राजदूत खत्रिले भेटे अमेरिकी राष्ट्रपति

नेपाली राजदूत खत्रिले भेटे अमेरिकी राष्ट्रपति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गरेका छन् । खत्रीले जेठ ३० मा अमेरिकी राष्ट्रपतिलाई भेटेका हुन् । राजदूत खत्रीसहित बाइडेनले अन्य मुलुकका राजदूतहरुसंग हवाईट हाउंसमा भेटवार्ता गरेका छन् ।

यसअघि खत्रिले ओहोदाको प्रमाणपत्र भर्चुअल रुपमै बुझाएका थिए । भर्चुअल रुपमै ओहोदाको प्रमाणपत्र बुझाएका राजदूतहरुलाई बाइडेनले सामुहिक भेटवार्ता लागि बोलाएका हुन् ।

उनिहरुको भेटमा सामान्य कुराकानी भएको बताइएको छ । राजदूत खत्रीले छोटो भेटमा द्धिपक्षिय हितका विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी पुर्व राजदूत खत्रिले अमेरिकी राष्ट्रपति भेटेका हुन् । प्रधानमन्त्री देउवा असार अन्तिममा अमेरिका भ्रमणमा जाने तयारीमा छन् । यद्यपी अहिलेसम्म यसबारेमा कुनै औपचारिक निर्णय भने भएको छैन ।

अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागि नहुने भन्दै नेपालले यसलाई अस्विकार गर्ने निर्णय गरेसंगै देउवाको भ्रमण स्थगित हुन सक्ने अनुमान गरिएको छ ।