काठमाण्डु – काठमाण्डु उपत्यकाको ९ स्थानमा हैजाका विरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डुले दिएको जानकारी अनुसार नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएका हुन् ।
योसँगै उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।
जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् ।




प्रतिक्रिया